Tuesday , January 23 2018
Recent Question Papers
Home » SEE » Compulsory Social Studies » Compulsory Social Studies | Question Paper | RE-122-PA | 2073 [2017] | SEE

Compulsory Social Studies | Question Paper | RE-122-PA | 2073 [2017] | SEE

Symbol No. …
RE-122’PA’
SEE 2073 (2017)
COMPULSORY SOCIAL STUDIES (अनिवार्य सामाजिक अध्ययन)
Time: 3 hrs
Full Marks: 100

Also Check:

Download | All Question Papers (Exam Papers) Of Secondary Education Examination (SEE) 2073/2017

| Download-File Size: 547 kb | Question Paper Of Compulsory Health, Population & Environment Education (RE-122-PA) | 2073/2017 | SEE

समुह ‘क’ (Group ‘A’)

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। (Write very short answer of the following questions.)  [८x१=८]
१. मानौ तपाईको एक साथी खप्तड राष्ट्रिय निकुञ्ज भ्रमण गर्न चाहनुहुन्छ, उहाँलाई निकुञ्जसम्म पुग्ने उपयुक्त पैदल मार्ग उल्लेख गर्नुहोस्: (Suppose, your friend wants to visit Khaptad National Park, mention appropriate travelling route on foot to reach there.)

२. सरकारी कार्यालयमा पारदर्शिता कायम गर्न गरिनुपर्ने कुनै दुई प्रावधानहरु उल्लेख गर्नुहोस्। (Mention any two provisions that to be implemented to maintain transparency in government office.)

३. मानव अधिकारको संरक्षणका लागि नागरिकका तर्फबाट हामीले के गर्न सक्छौं? एक बुँदामा लेख्नुहोस्। (What can we do to preserve Human Rights on behalf of citizens? Write in a point.)

४. पृथ्वीको कुन क्षेत्रमा ग्रीष्म सुखा र हिउँद वर्षा हुन्छ? (Which region in the world belongs to dry summer and rainy winter?)

५. तलका संकेतले नक्सामा के जनाउँछ? (What do the following symbols indicate in a map?)

६. यदि तपाई ब्राजिलको दक्षिण-पूर्वी क्षेत्रको बासिन्दा हुनुभयो भने कस्तो आर्थिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो? कारणसहित एक वाक्यमा लेख्नुहोस्। (If you were an inhabitant of southern-east in Brazil, in which economic activities would you involve? Write in a sentence with reason.)

७. टंक प्रसाद आचार्य नेतृत्वको सरकारले गरेका कुनै दुई कूटनीतिक कार्यहरु उल्लेख गर्नुहोस्। (Mention any two diplomatic functions of Tanka Prasad Acharya-led government.)

८. तपाईको विचारमा राष्ट्रसंघ (लिग अफ नेशन्स) लाई असफल बनाउने मुख्य राष्ट्र कुन हो? आफ्नो तर्क एक वाक्यमा लेख्नुहोस्। (In your opinion, which is the main responsible nation to make the League of Nations fail? Write your logic in a sentence.)

समुह ‘ख’ (Group ‘A’)

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्। (Write short answer of the following questions.)  [१४x४=५६]

९. संघीयता र विकासको सम्बन्धलाई चार बुँदामा प्रस्ट पार्नुहोस्। (Clarify the relationship between federalism and development in four points.)

१०. तपाईको क्षेत्रमा संचालित विकास आयोजनाको सफलता र निरन्तरताको लागि तपाईंले गर्ने सहयोगका उपायहरु चर्चा गर्नुहोस्। (Highlight the ways of your support for the success and continuity of development projects running in your community.)

११. नेपालमा महिला सशक्तीकरणलाई थप प्रभावकारी बनाउन के-के गर्नुपर्ला? चार ओटा बुँदामा लेख्नुहोस्। (What should be done to make women’s empowerment more effective in Nepal? Write four points.)

१२. ‘द्वन्द्व व्यवस्थापनमा स्थानीय अभ्यास’ को बारेमा परियोजना कार्य गर्ने जिम्मेवारी तपाईंले पाउनुभयो। सो कार्यपश्चात् तपाईंले तयार पारेको प्रतिवेदनको विधि र पत्ता लगाइएका कुरालाई छोटकरीमा प्रस्तुत गर्नुहोस्। (Suppose, you got the responsibility to make project work on ‘Local Practices of Conflict Management’. Mention the methods and findings of your report prepared after the completion of your task.)

१३. गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्र दिवस मनाएर मात्र हुँदैन। यसप्रति तपाईंको धारणा चार बुँदामा उल्लेख गर्नुहोस्। (Republic shan’t be institutionalized only observing Republic Day. Write your opinion in four points towards the statement.)

१४. रास्ट्रिय दिवस मनाउन विधालय स्तरमा गरिने दुईओटा गतिविधिहरु र त्यसबाट विधार्थीमा परेका सकारात्मक प्रभावहरु दुई बुँदामा लेख्नुहोस्। (Write any two activities organized in school level to observe National Day and enlist its positive impacts to students in two points.)

१५. शरणार्थी समस्या भन्नाले के बुझिन्छ? शरणार्थीलाई सामाजिक समस्याको रुपमा लिईनुका कुनै तीनओटा कारणहरु उल्लेख गर्नुहोस्। (What is refugee problem? Mention any three causes to be taken it as a social problem.)

१६. दाइजो प्रथा नियन्त्रणमा भएका प्रयासहरु किन प्रभावकारी भएनन्? आफ्नो दृष्टिकोण चार बुँदामा उल्लेख गर्नुहोस्। (Why are the efforts to control dowry system not effective? Write your views in four points.)

१७. मानौं, कसैको मानव अधिकार उल्लङ्घन भयो। मानव अधिकार उल्लङ्घनको उजुरी दिंदा तपाईंले खुलाउनुपर्ने कुराहरुको सूची तयार पार्नुहोस्। (Imagine, someone’s human right was violated. List out the things that you should clarify to register a petition against the violation of human rights.)

१८. हावापानीले प्राकृतिक वनस्पति र वन्यजन्तुमा प्रभाव पार्छ भन्ने कुरा उष्ण मरुस्थलीय हावापानीको आधारमा पुष्टि गर्नुहोस्। (Justify that climate affects on natural vegetation and wildlife with the reference of tropical desert climate.)

१९. तपाईंले २००७ साल र २०१७ सालसम्म बनेका सरकारका गतिविधिहरु अध्ययन गर्नुभयो। उक्त समयमा बनेका सरकारले गरेका कार्यहरु तालिकामा प्रस्तुत गर्नुहोस्। (You studied the activities of government formed between 2007 B.S. to 2017 B.S. Present any four activities carried out by these governments in a table.)

२०. नेपाली महिलाले विदेशमा भोग्नुपर्ने समस्या समावेश गरी वैदेशिक रोजगार विभागलाई चिठ्ठी लेख्नुहोस्। (Write a letter to the department of foreign employment including the problems faced by Nepalese women abroad.)

२१. सुरक्षा परिषदलाई किन संयुक्त रास्ट्रसंघको कार्यकारिणी अंगको रुपमा मानिन्छ? उदाहरण सहित चार बुँदामा लेख्नुहोस्। (Why is the Security Council considered as the executive organ of the UNO? Write in four points with examples.)

२२. संयुक्त राष्ट्रसंघले नेपालको विकासका लागि के-कस्ता थप कार्यक्रमहरु संचालन गर्नु पर्ला? तपाईंको उत्तर चार बुँदामा उल्लेख गर्नुहोस्। What types of additional programs should be conducted by the UNO for development of Nepal? Write your answer in four points.)

समूह ‘ग’ (Group ‘C’)

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्। (Write long answer of the following questions)  [४x९=३६]

२३. लोकतन्त्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको भूमिका किन महत्वपूर्ण हुन्छ? व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गर्ने तीन/तीनओटा कार्यहरुको आधारमा प्रस्ट्याउनुहोस्। (Why is the role of legislature, executive and judiciary important in democracy? Clarify each in three points on the basis of their functions.)  [३+३+३=९]

२४. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाई उपयुक्त संकेतसहित निम्न तथ्यहरु भर्नुहोस्। (Sketch the full page map of Nepal and insert the following facts with appropriate symbol.)  [३+(६ १)=९] महेन्द्रनगर (Mahendranagar), भेरी नदी (River Bheri), मनास्लु हिमाल (Manaslu Himal), फेवा ताल (Lake Fewa), सिन्धुलीमाडी (Sindhulimadi), कन्चनजङ्घा हिमाल (Mt. Kanchanjangha)

अथवा (Or)

दिइएको विश्वको नक्सामा उपयुक्त संकेत प्रयोग गरी निम्न तथ्यहरु भर्नुहोस्। (In the given map of world, insert the following facts using appropriate symbol {index}.)  [९x१=९] अलास्का श्रेणी (Alaska Range), मेक्सिको (Mexico), रकी पर्वत (Rockey Mountain), सेल्भास (Selvas), बोलिभिया (Bolivia), भूमध्यरेखा (Equator), कङ्गो (Congo), आन्द्र महासागर (Atlantic Ocean), घसान घाँटी (Rift Valley)

२५. वि. सं. २००७ साल अघि र पछिको राजनीतिक र सामाजिक अवस्था चार चार बुँदामा पहिचान गरी एक अनुच्छेदमा त्यसको छोटो समीक्षा पनि प्रस्तुत गर्नुहोस्। (Identify the social and political condition before and after the period of 2007 B.S. in four points and present your review in a paragraph.)  [४+४+१=९]

अथवा (Or)

मानौं, तपाईंले जनआन्दोलन २०६२/६३ मा सहभागी एक व्यक्तिलाई भेटेर उक्त आन्दोलन बारे छलफल गर्नुभयो। तपाईंको आफ्नो अनुभव र छलफलबाट प्राप्त प्राप्तिलाई समेटी निम्नलिखित उपशीर्षकका आधारमा एक प्रतिवेदन तयार पार्नुहोस्। (Imagine, you met a personality participated in the Mass Movement 2062/63 and made a discussion on it. Now, prepare report on the basis of given subtitles including your experiences and the findings received after discussion.)  [२+२+३+२=९]

(क) शीर्षक र परिचय (Title and Introduction)
(ख) उद्देश्य (Objectives)
(ग) विवरण (Description)
(घ) निष्कर्ष (Conclusion)

२६. नेपालको प्रत्येक भौगोलिक प्रदेशमा पर्ने एक/एकओटा पर्यटकीय स्थलको नाम लेखी ती स्थलहरुमा दुई/दुईओटा विशेषताको व्याख्या गर्नुहोस्। (Name a tourist place of each geographical region and describe any two features of each tourist place.)  [३+३+३=९]

Check and Download Question Paper Of Compulsory Social Studies | Secondary Education Examination [SEE] | 2073/2017.

Check Also

Sociology (Subjective) Optional I | Question Paper | RE-645’S’ | 2073 [2017] | SEE

Symbol No. … RE-645’S’ SEE 2073 (2017) OPTIONAL I SOCIOLOGY ‘Subjective'(ऐच्छिक प्रथम नागरिकशास्त्र) Time: 2 …

Leave a Reply

Your email address will not be published. Required fields are marked *